
नेपाली महिलाहरुको महान चाड हरितनलिका तिजको दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको १०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार १०० रुपैयाँ र चाँदी भाउ तोलाको १ हजार २१० रुपैयाँ कायम गरिएको छ ।
बुधबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेर छापावाला सुन तोलाको ९१ हजार ७०० रुपैयाँ, तेजावी ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया