
गोर्खाज फाइनान्स (GUFL) को साधारण सभा फेरि स्थगित भएको छ ।
फाइनान्स कम्पनीले भदौ २४ गते साधारण सभा आह्वान गरेकोमा उच्च अदालत पाटनले सभा स्थगन गर्न अन्तरिम आदेश दिएपछि सभा स्थगित भएको हो । फाइनान्सले कम्पनीले उच्च अदालतले अन्तरिम आदेश प्राप्त भएपछि सभा स्थगित गरिएको जनाएको छ ।
शेयरधनीहरूको उम्मेदवार हुन पाउने हकमा क्षति पुग्ने भन्दै अदालतले भदौ २४ मा हुने भनिएको गोर्खाज फाइनान्सको वार्षिक साधारणसभा रोक्न आदेश दिएको हो । न्यायाधीश डा. खुशीप्रसाद थारु र न्यायाधीश नारायणप्रसाद पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
छलफलमा अधिवक्ता राजेश कुमार बटाला तथा विपक्षीका तर्फबाट अधिवक्ताहरू विजयप्रसाद मिश्र, मैजर थापा, खडानन्द कंडेल, गणेश दाहाल र धर्मराज पौडेलले बहस गरेका थिए ।
ऐन बमोजिम कम्तिमा सात दिनअघि साधारण सभा हुने भनि सूचना प्रकाशन गरेर साधारण सभा डाक्न अदालतले आदेश दिएको हो ।
यसअघि कम्पनीले वैशाख २१ गते बोलाएको सभा कोरोना संक्रमणका कारण स्थगित भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया