
सिक्लेस हाइड्रोपावर लिमिटेडले बीस करोड रुपैयाँ बराबरको २० लाख कित्ता प्राथमिक शेयर सर्वसाधारणको निमित्त निष्काशन गर्ने भएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ८५ करोडको २३.५३ प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने भएको हो ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि बि.ओ.के.क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिएको छ ।
सिक्लेस हाइड्रोपावर लिमिटेड तथा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड भदौ २३ गते बुधबार द्विपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतामा सिक्लेस हाइड्रोपावरको तर्फबाट कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ र बि.ओ.के. क्यापिटल मार्केटको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत श्री कुन्दन शर्माले हस्ताक्षर गरेका छन् ।
साथै, सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु समेत बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड नै गर्ने भएको छ ।
सिक्लेस हाइड्रोपावर लिमिटेड मादि गाँउपालिका वडा नं.०१, पोखरा कास्कीमा अवस्थित १३ मेगावाट विद्युत उत्पादन क्षमता रहेको कम्पनी हो । यस कम्पनीले मिति २०७४ साल चैत्र १९गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरी पूर्ण सञ्चालनमा आइसकेको छ । र यस कम्पनीले गत आ.व.मा नगद लाभांश समेत वितरण गरिसकेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया