ट्राफिक सचेतना अभियानमा नाडाः अध्यक्ष दुलालले टाँसे जनचेतनामूलक स्टिकर

0
Shares

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा शुक्रबार ट्राफिक सचेतना अभियान सञ्चालन गरेको छ ।

ट्राफिक सचेतना अभियान अन्तर्गत नाडाले काठमाडौंमा शुक्रबार ट्राफिक प्रहरीलाई पाँच हजार थान मास्क र १० हजार थान स्टिकर हस्तान्तरण गरेको हो ।

कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल आफैँले निजी तथा सार्वजनिक सवारी साधनहरुमा ट्राफिक सन्देश बोकेका स्टिकरहरु टाँस्ने लगायत कार्यक्रममा सामेल भए । अभियानमा ‘हर्न निषेध’, ‘ट्राफिक नियम पालना गरौँ’ लगायतको स्टिकर सवारी साधनमा टाँसिएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्माले हर्न नबजाउन र कोभिड संक्रमणबाट बच्नका लागि अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधारणका अनुरोध गर्न ‘तपाईको मास्क खै’ नामक अभियान नै सञ्चालन गरिरहेको बताए ।

ट्राफिक सचेतना अभियान अन्तर्गत ट्राफिक प्रहरीले विभिन्न संघसंस्थाको सहकार्यमा निरन्तर अभियान चलाउँदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।