
अपि पावर कम्पनी लिमिटेड (API) को भदौ २५ गते शुक्रबार सम्पन्न अठारौँ वार्षिक साधारण सभाले कम्पनीले गत आवको नाफाबाट प्रस्तावित साढे १० प्रतिशत बोनस र बोनसपछि कायम चुक्ता पूँजीको ३९ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको प्रधान कार्यालय, ट्रेडटावर काठमाडौँमा शुक्रबार भर्चुअल माध्यम मार्फत सम्पन्न भएको सभाले २०७८ असार मसान्तसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १०.५० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।
सभाले बोनसपछि कायम चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।
हकप्रद शेयर जारी गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाबाट पारित भएको छ ।
साथै सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष सतिष न्यौपानेद्वारा पेश गरिएको २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया