मुक्तिनाथ क्यापिटलले आफ्नो स्वामित्वमा रहेको ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले भदौ २९ गते (मंगलवार) देखि ज्योति विकास बैंकको २९ हजार २५० कित्ता र प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता शेयर बिक्री गर्ने जनाएको छ ।

क्यासपटलले ज्योति विकास बैंकको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तथा प्रभु इन्स्योरेन्सको प्रतिकित्ता ३५० तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी यी शेयर खरीदका लागि बोलकबोल गर्नुपर्नेछ ।
उक्त शेयर खरिदका लागि योग्य लगानीकर्ताले कात्तिक ३ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य जो कोही व्यक्ति तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
शेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक ५ गते बिहान ११ बजे विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडमा खोलिने सूचनामा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया