सुनचाँदीको भाउ बढ्यो, सोमबार कतिमा हुँदैछ कारोबार ?

0
Shares

नेपाली बजारमा सोमबार सुनचाँदी दुबैको भाउ बढेको छ । आइतबारको तुलनामा सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको ३०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ ।

यसैगरी चाँदीको भाउ पनि ५ रुपैयाँल वृद्धि गरी तोलाको १ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।

आइतबार छापावाला सुनको भाउ प्रतितोला ९० हजार ३०० रुपैयाँ, तेजावी सुनको भाउ ८९ हजार ८०० रुपैयाँ र चाँदी भाउ तोलाको १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २८ भाद्र २०७८, सोमबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।