“नबिल ब्यालेन्सड् फण्ड–३ को इकाई खरीदमा बिक्रीको लागि लागि सर्वसाधारणबाट माग गरिएको आवेदन रकम भन्दा २५ प्रतिशतले बढी आवेदन परेको छ ।
नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजनाको योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप तीन दिनमा कुल १ लाख ४ हजार ७७९ आवेदकहरुबाट करिब १२ करोड ६२ लाख ५५ हजार ४० इकाई खरीदका लागि आवेदन परेको हो ।
योजनाको इकाई बिक्री बन्द भने भोलि मात्र हुने भएकाले माथि उल्लेख गरिएको आवेदन संख्या अझ बढ्ने देखिएको क्यापिटलले जनाएको छ ।
फण्डले भदौ २५ गते शुक्रबारदेखि प्रति इकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाई मध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १४ प्रतिशत इकाई कोष प्रवद्र्धक नबिल बैंक लिमिटेड र १ प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाईमा सार्वजनिक निष्काशन गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया