भुक्तानी सेवा प्रदायकलाई ग्राहक र कारोबार सीमा पुर्याउन समय थप


नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीका लागि तोकेको कारोबार तथा ग्राहक संख्याको समाय सीमा थप गरेको छ । केन्द्रीय बैंकले भुक्तनी सेवा प्रदायक कम्पनीलाई आगामी २०७९ असारसम्ममा तोकिएको ग्राहक संख्या र कारोबार पु्रयाउनु समय थप गरेको हो ।

राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीले २०७८ असार मसान्तसम्ममा कम्तीमा ३ लाख ग्राहक र मासिक कारोबार संख्या ३ लाख पुर्याउनु पर्ने व्यवस्था गरेको थियो । त्यसलाई संशोधन गर्दै केन्द्रीय बैंकले जारी गरेको एकिकृत निर्देशिका २०७८ मा एक वर्षको समय थप गरेको हो ।

क्तानी सेवा प्रदायक कम्पनीले कैन्द्रीय बैंकले तोकेको समयमा ग्राहक र कारोबार संख्या नपु्रयाएको खण्डमा अनुमति खारेज समेत हुनसक्छ ।
केन्द्रीय बैंकले पछिल्लो समयमा विश्वभरी महामारीको रुपमा फैलिएको कारोना भाइरसका कारण २०७८ असार मसान्तसम्म गर्नुपर्ने न्यूनतम कारोबार संख्या र पु¥याउनु पर्ने ग्राहक संख्या आगामी असार मसान्तसम्ममा पु्र्याउदा हुने व्यवस्था गरेको हो ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।