बुद्धभुमि हाईड्रोपावरको आईपीओ बाँडफाँड

0
Shares

बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले नुवाकोट जिल्लाका स्थानिय वासिन्दाका लागि जारी गरेको ४ लाख कित्ता वराबरको ४ करोडको आईपीओ बिहीबार बाँडफाँड गरिएको छ ।

कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि भाद्र १५ गते सम्म शेयर बिक्री खुल्ला गरेको थियो ।

जसमा माग गरिएको भन्दा अधिक कित्ताका लागि आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

माग गरिएको ४ लाख कित्ताका लागि ३२ लाख ९ हजार १०३ कित्ता वराबरको आवेदन परेको थियो । आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।

आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि माग गरिएको ४ लाख कित्ताका लागि आवेदन गरेका ४९ हजार ३१० आवेदकलाई न्युनतम १० कित्ताका दरले वाँडफाँड गर्दा ४० हजार आवेदकले १० कित्ताका दरले शेयर पाएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।