चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा दुई शव फेला


काठमाडौँ । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा २ वटा शवहरू फेला परेका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार खोजीको क्रममा करिब आधा घण्टा अघि २ वटा शव फेला परेका हुन् । उनले उक्त सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको बताए ।

गत १० भदौमा आएको विनाशनकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मान्छे फसेको आशंकामा खोजी तथा उद्धारको काम भइरहेको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।