क्लासिक टेकद्धारा कम्पनीका संस्थापक खरेलका पिताको निधनप्रति दुःख व्यक्त

0
Shares

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिका फाउन्डर तथा प्रमुख कार्यकारी अधिकृत प्रमेश खरेलको पिता स्व. विश्वनाथ खरेलको ८५ बर्षको उमेरमा असामायिक निधन भएको छ ।

क्लासिक टेक परिवारले १३ औं दिनको पून्य तिथिको अवसरमा एक विज्ञप्ती जारी गर्दै वि. सं.१९९३ साल मंसिर १३ गते जन्मिएका खरेलको भदौ २१ गतेको दिन भएको असामायिक निधनप्रति गहिरो समवेदना व्यक्त गरेको हो ।

कम्पनीले जारी गरेको विज्ञप्ती आज लेखिएको छ, ‘आज १३ औं दिनको पून्य तिथिको अवसरमा क्लासिक टेक परिवार हार्दिक समवेदना अपर्ण गर्दै सम्पूर्ण परिवारजन तथा समस्त शुभचिन्तकहरूमा धैर्य धारण गर्न तथा दिवगंत आत्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना अर्पण गदर्छौं ।’

कम्पनीले दुःखद घडीमा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै धैर्य धारण गर्नेशक्ति प्रदान गरुन् भनि ईश्वरसँग प्रार्थना गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।