मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर (आईपीओ) असोज ११ गते सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला हुने भएको छ ।
दोस्रो बजारमा कारोबारका लागि लघुवित्तले आइतबार कम्पनीले जारी गरेको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ सहित आइतबार कुल १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकरण गरेको छ ।
ओपनिङ्ग रेञ्ज कति पायो ?
नेप्सेले लघुवित्तको शेयर दोश्रो बजारमा कारोबारका लागि एमएलबिएस (MLBS) कारोबार संकेत (सिम्बोल) दिएको छ ।
पहिलो कारोबारका लागि नेप्सेले पछिल्लो परिष्कृत वित्तीय विवरणमा कायम प्रतिशेयर नेटवर्थलाई आधार मानेर प्रतिशेयर न्युनतम १३२.६९ रुपैयाँदेखि अधिकतम ३९८.०७ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) कुनैपनि नयाँ कम्पनीलाई उसको लेखापरीक्षण भएको प्रतिशवेदनमा कायम प्रतिशेयर नेटवर्थलाई न्यूनतम र प्रतिशेयर नेटवर्थको तीन गुणालाई अधिकतम कारोबार रेञ्ज तोक्ने गरेको छ । मानुषी लघुवित्तलाई पनि सोही बमोजिम पहिलो कारोबारका लागि ३९८ रुपैयाँसम्मको अधिकतम कारोबार रेञ्ज दिइएको हो ।
लघुवित्तले साउन २७ देखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयरका सर्वसाधारणहरूका बिक्री गरेको थियो ।
जुन शेयर भदौ ७ गते सोमबार ३६ हजार ८५९ जनाले १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको थियो । यसरी बाँडफाँड गरेर बाँकी रहेको ३ कित्ता शेयर गोलाप्रथाबाट १० कित्ता पाएकामध्ये ३ जनालाई थप १ कित्ता गरेर कूल ११ कित्ता वितरण गरिएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया