विद्युत नियमन आयोगको निर्णयले जलविद्युत कम्पनीहरुको मूल्यमा उछाल

0
Shares

विद्युत नियमन आयोगले विद्युत सम्बन्धी कम्पनीको शेयर सार्वजनिक निष्कासनको पुर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका २०७८ जारी गर्दै हकप्रद जारी गर्ने बाटो खुला गरेसँगै सोमबारको प्रि-ओपनिङ्गमा नै त्यसको प्रभाव देखिएको हो ।

आयोगले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको कम्पनीले सहायक कम्पनी मार्फत जलविद्युत आयोजनामा लगानी गर्न २०० प्रतिशत सम्म हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था गरेको थियो ।

व्यापारीक उत्पादन सुरु गरेका जलविद्युत कम्पनीले २ सय प्रतिशतसम्म हकप्रद बिक्री गर्न सक्ने

साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ४.१४ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ७६२ दशमलव ६० अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज २८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २२ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा २८ कम्पनीका १७ हजार १९१ कित्ता शेयर ८८ लाख ४२ हजार ५२५ रुपैयाँमा खरीद बिक्री भएका छन् । कारोबारमा आएका केही बाहेक अधिकांश जलविद्युत कम्पनीको मूल्य बढेको छ । 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ आश्विन २०७८, सोमबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।