डिप्रोक्स लघुवित्तको लाभांश पाउन आजसम्म शेयरधनी बन्नुपर्ने

0
Shares

डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL) को २० प्रतिशत बोनस शेयर पाउन असोज ११ गते सोमबारसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम भैसकेको हुनुपर्नेछ ।

कम्पनीले असोज २३ गते शनिबार आह्वान गरेको २० औं वार्षिक साधारण सभाका लागि असोज १२ गते मंगलबार बुकक्लोज गर्दैछ ।

यसअनुसार सोमबारसम्म शेयर खरीद गर्ने लगानीकर्ताले मात्र प्रस्तावित बोनस पाउन र साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

लघुवित्त कम्पनीको सञ्चालक समितिको असोज १ गते सम्पन्न ३०० औं बैठकले २० औं सभा चितवन गार्डेन रिर्सोट भरतपुर चितवनमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार आव २०७७।७८ को नाफाबाट चुक्ता पूँजी १ अर्ब १५ करोड ६२ लाखको २० प्रतिशत (२३ करोड १२ लाख ४९ हजार) बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत (१ कराड २१ लाख ७५ हजार) लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभामा नाडेप लघुवित्तसँग भएगरेको सम्पूर्ण मर्जर सम्झौता तथा आवश्यक निर्णयका लागि सञ्चालक समितिलाई अख्तियारी, कम्पनीको पूँजीवृद्धि तथा प्रबन्धपत्र तथा नियमावली संसोधन र लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण लगायतका एजेण्डा पनि सभामा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ आश्विन २०७८, सोमबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।