
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) को नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार शेयरमूल्य समायोजन भएको छ ।
लघुवित्तले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयरको बुकक्लोजसँगै असोज १२ गते, मंगलबार लघुवित्तको शेयरमूल्य समायोजन भएको हो ।
नेप्सेले २० प्रतिशत बोनस शेयर समायोजनपछि प्रतिकित्ता १ हजार ३८८ रुपैयाँ ४२ पैसा मुल्य निर्धारण गरेको छ । सोमबार कारोबार भएको अन्तिम मूल्य प्रतिकित्ता १ हजार ६६६ रुपैयाँ १० पैसाका आधारमा बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरिएको हो । समायोजित मूल्यलाई आधार मानेर लघुवित्तको मंगलबार शेयर कारोबार खुल्नेछ ।
लाभांश पारित गर्न लघुवित्तले असोज २३ गते चितवन गार्डेन रिर्सोट, भरतपुर, चितवनमा बिहान ११ बजे बीसौँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा नाडेप लघुवित्तलाई प्राप्ति गर्ने कार्य अघि बढाउन नसक्ने भएकोले हालसम्म भएका सम्पूर्ण कार्य अनुमोदन गर्ने, अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थाको समूह ‘ख’ साधारण शेयरधनीहरुमध्येबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने लगायतका एजेण्डा छ ।
सभाले सञ्चालन समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया