तीन दिनमा २०४ अंकले घट्यो नेप्से, फाइनान्स सूचक ७ प्रतिशत धेरै घट्दा अन्य के-के भयो ?

0
Shares

शेयर बजार सूचक मापक नेप्से पछिल्लो तीन दिनमा मात्रै २०४.३३ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार ६१.२७ अंकले घटेको नेप्से सोमबार ७३.०५ र मंगलबार ७०.०१ अंकले घटेर बन्द भएको हो ।

निरन्तरको गिरावटसँगै मंगलबार नेप्से २६१५.४० अंकमा झरेको छ । ठूला कम्पनीहरुको सूचक माप सेन्सेटिभ ११.४२ अंकले घटेर ४९४.९१ बिन्दुमा ओर्लिएको छ ।

दिनभर २१८ कम्पनीका १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर ७५ हजार ३७४ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँ पुगेको छ ।  कारोबारमा आएका १३ वटै सूचक रातम्य बनेका छन् । फाइनान्स सर्वाधिक ७.३७ प्रतिशतले घट्दा जलविद्युत ४.७४ प्रतिशत र लगानी ३.९३ प्रतिशतले घटेको छ ।

पछिल्लो समय शेयर बजारबाट ठूला लगानीकर्ता बाहिरिएका छन् भने कोभिड संक्रमणको दर घट्दै गएपछि आर्थिक गतिविधि बढ्दा अन्य क्षेत्रबाट शेयर बजारमा आएको पार्किङ मनि पनि बाहिरिएको अवस्था छ । बढ्दो ब्याजदर र नेपाल राष्ट्र बैंकको मार्जिन कर्जामा लागू गरिएको ४।१२ करोडको सीमाले पनि बजारलाई वियरिस प्रवृत्तितिर धकेलेको छ । यसले आम अपेक्षा विपरित लाभांश सिजनमा नै बजार निरन्तर घट्दो क्रममा देखिएको छ ।

कुमारी बैंकको सर्वाधिक कारोबार

मंगलबार कुमारी बैंकको सबैभन्दा धेरै १८ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको ६ लाख ११ हजार ४८४ कित्ता शेयर ३ हजार ३८४ वटा संख्यामा कारोबार भएको छ । बैंकले ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद मात्र लाभांश प्रस्ताव गरेपछि बैंकको शेयरमूल्य मंगलबार प्रतिकित्ता २६ रुपैयाँले घटेर ३०३ रुपैयाँमा झरेको छ ।

यस्तै हिमालयन डिष्टिलरी, नेशनल हाइड्रोपावर, आइसिएफसि फाइनान्स, एनआईसी एशिया बैंक, नेपाल बैंक, अपि पावर, अरुण भ्याली, अरुण काबेली पावर, र नबिल बैंकको उच्च कारोबार भएको छ ।

दशौं ठूलो कारोबार भएको नबिल बैंकको १२ करोड ७ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-09-28 15:00:00
KBL 188,227,296.80 303.00
HDL 173,848,989.80 6,500.00
NHPC 154,878,450.90 403.00
ICFC 153,727,089.00 666.00
NICA 145,471,114.60 859.00
NBL 144,563,431.70 490.00
API 140,191,947.30 418.00
AHPC 134,958,030.70 458.00
AKPL 124,809,474.10 486.00
NABIL 120,745,318.60 1,395.00

दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

समग्र नेप्से २.६१ प्रतिशतले घटेपनि धितोपत्रको दोस्रो बजारमा हालै मात्र कारोबार खुलेका मनकामना स्मार्ट लघुवित्त, र मैलुङ्गखोला जलविद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । मंगलबारको सर्किटपछि मनकामना स्मार्टको प्रतिकित्ता शेयरमूल्य १ हजार ७५३ रुपैयाँ र मैलुङ्गखोला जलविद्युतको प्रतिकित्ता २४८.८० रुपैयाँ पुगेको छ ।

आजको बजारमा मेगा बैंक, बोर्टलर्स नेपाल (तराई), सनराइज डिबेञ्चर २०८०, ओरियन्टल होटल, एनआईबिएल समृद्धि फण्ड १ को इकाईमूल्य १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-09-28 15:00:00
MKLB 1,753.00 159.30 10.00
MKJC 248.80 22.60 9.99
MEGA 356.80 6.90 1.97
BNT 9,995.00 140.00 1.42
SRD80 1,015.00 13.00 1.30
OHL 506.00 6.00 1.20
NIBSF1 11.73 0.12 1.03
VLBS 1,529.00 13.00 0.86
SMFBS 2,325.00 15.00 0.65
NICGF 11.43 0.04 0.35

सात कम्पनीको मूल्य ९ प्रतिशत धेरै घट्यो

मंगलबारको कारोबारमा ९ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ । जसमा जलविद्युत कम्पनीहरु अग्रस्थानमा रहेका छन् । यसदिन नेपाल हाइड्रो डेभलोपर र हिमालयन पावर पार्टनरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

यस्तै गोर्खाज फाइनान्स, जोशी हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्स, शिवश्री हाइड्रोपावर र समृद्धि फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो । घलेम्दी हाइड्रोपावर, नेपाल फाइनान्स र जानकी फाइनान्सको शेयर लगानीकर्ताले पनि पौने ९ प्रतिशतले गुमाएका छन् ।

Symbol LTP Point Change % Change
As of 2021-09-28 15:00:00
NHDL 459.00 -51.00 -10.00
HPPL 437.60 -48.60 -10.00
GUFL 923.30 -102.50 -9.99
JOSHI 301.00 -33.00 -9.88
SIFC 450.00 -49.00 -9.82
SSHL 339.00 -34.00 -9.12
SFCL 430.00 -43.00 -9.09
GHL 340.00 -33.00 -8.85
NFS 445.90 -43.10 -8.81
JFL 530.00 -51.00 -8.78

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ आश्विन २०७८, मंगलबार  १५ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।