
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्तालाई युरोपियन इन्टरनेशनल युनिभरसिटी, पेरिस, फ्रान्सले ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा “प्रोफेसनल डक्टरल सर्टिफिकेट” बाट सम्मानित गरेको छ ।
सेराटन दुबई क्रिक होटल्स एण्ड टावर्समा आयोजित कार्यक्रममा सुबोधकुमार गुप्तालाई युनिभरसिटीले भव्य समारोहका बीच सम्मान गरेको हो । उनले वर्षौदेखि सामाजिक सेवा, संस्थागत र आर्थिक विकासको क्षेत्रमा पु¥याउनु भएको उल्लेखनीय योगदानका फलस्वरुप युरोपियन इन्टरनेशनल युनिभरसिटीको मोनिटरिङ्ग बोर्डले सुबोधकुमार गुप्तालाई “प्रोफेसनल डक्टरल सर्टिफिकेट” दिने निर्णय गरिएको हो ।
बारा–पर्साका निजी क्षेत्रका छाता संगठन वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षका हैसियतले सुबोधकुमार गुप्ताले प्राप्त गरेका यस किसिमको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित सम्मान उनको लागि मात्र नभई वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र बारा–पर्साका सम्पूर्ण उद्योगी व्यवसायीको लागि गौरवको बिषय भएको महासंघले जनाएको छ । साथै सुवोध कुमार गुप्ता नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारणी सदस्य र नेपाल चामल, तेल, दाल उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष भएको नाताले राष्ट्रका सम्पूर्ण उद्यमी व्यवसायीको लागि यो सम्मान महत्वको बिषय बनेको छ ।
नेपालको जिल्ला नगर उद्योग वाणिज्य संघ क्षेत्रबाट अध्यक्षको हैसियतले उल्लेखित सम्मान ग्रहण गर्ने सुवोध कुमार गुप्ता पहिलो व्यक्तित्व हुन् । गुप्तालाई यस किसिमको अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएकोमा युरोपियन इन्टरनेशनल युनिभरसिटी प्रति सङ्घ हार्दिक आभार व्यक्त गरेको छ ।
उनले आफ्नो व्यापार, व्यवसायको अलावा सामाजिक सेवा, संस्थागत तथा आर्थिक विकासका लागि विभिन्न सामाजिक एवम् व्यावसायिक सङ्घ–संस्थाहरुमा आबद्ध रही नेपालको उद्योग, व्यापारको प्रबद्र्धनका निमित्त विगत २ दशकदेखि निर्वाह गरेका नेतृत्वदायी भूमिकाका फलस्वरुप उहाँले यस्तो अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्न सफल भएका हुन् ।
गुप्ताले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य, नेपाल चामल, तेल, दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्षका साथै नेउवा महासङ्घ–बैंकिङ्ग, फाइनान्स एण्ड इन्स्योरेन्स कमिटीका उप–सभापति, नेउवा महासङ्घ–प्रदेश नं. २, नेपाल रेल्वे माध्यमिक विद्यालय, वीरगञ्ज र नेपाल रेडक्रस सोसाइटी, पर्साका सल्लाहकारको रुपमा हाल पनि सक्रिय रुपमा आफ्नो भूमिका निर्वाह गरि राखेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया