बैंक अफ काठमाण्डूले ल्यायो दसैँ अफर

0
Shares

बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले स्मार्टडोकोको स्मार्ट दसैँ अफरमा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका छन्।

नेपालीहरुको महान चाड दसैँलाई लक्षित गरी स्मार्ट डोकोले यही असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दसैँ अफरमा बैंकको कार्डबाहक ग्राहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाउने बैंकले जनाएको छ।

बैंकको कार्डबाहक ग्राहकहरुले यस अफरबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा अधिकतम रु.१ हजार ५०० सम्म नगद फिर्ता पाउने छन्।

स्मार्ट दसैँ अफरमा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्म नगद फिर्ता सहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्ने छन्।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८० एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।