साहस उर्जाको आईपीओ बाँडफाँड, ६ लाख ४४ हजारलाई १० कित्ता

0
Shares

साहस उर्जा लिमिटेडको प्राथमिक शेयर (आईपीओ) आज (असोज १७ गते आइतबार) बाँडफाँड भएको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड भएको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका२०७४ बमोजिम कम्पनीको आईपीओ शेयर गोलाप्रथाबाट ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले पाएका छन् भने ११ हजार ९९६ जनाको आबेदन रद्द भएको छ ।

आईपीओमा २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले बाँडफाँड कार्यक्रममा जानकारी दिएको छ ।  सदर आवेदनमार्फत कुल ३ करोड १३ लाख ६१ हजार २३० कित्ता शेयर माग भएको  थियो । रद्द भएको ११ हजार ९९६ वटा आवेदन मार्फत १ लाख ७९ हजार ७७० कित्ता शेयर माग भएको थियो । 

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरु र ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर ६४ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणहरूबाट आवेदन संकलन गरिएको थियो ।

कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । स्थानियलाई ३५ करोड रुपैयाँ र सर्वसाधारणलाई निष्काशन भएको ७० करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँडपछि कम्पनीको चुक्ता ३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १७ आश्विन २०७८, आइतबार  ०९ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।