साहस उर्जाको आईपीओ बाँडफाँडको नतिजा चार ठाउँबाट हेर्न सकिने

0
Shares

साहस उर्जा कम्पनी लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँड भएको छ ।  आज बिहान ९ बजे बिक्री प्रबन्धक एनआईबिएलएस क्यापिटलको कार्यालयमा बाँडफाँड गरेको हो ।

साहस उर्जाको आईपीओ बाँडफाँड, ६ लाख ४४ हजारलाई १० कित्ता

आईपीओ बाँडफाँड भइसकेपनि हाल तथ्याङ्क प्रशोधनको क्रम जारी भैरहेकाले आईपीओ बाँडफाँडको डेटा रिजल्ट हेर्न भने लगानीकर्ताले दिउँसोसम्म कुनुपर्ने भएको छ ।

तथ्याङ्क प्रशोधन सकेर सम्बन्धीत वेवसाइटहरुमा अपलोड हुन केही समय लाग्ने हुनाले नतिजाका लागि केही समय पर्खनुपर्ने बिक्री प्रबन्धक एनआईबिएलएस क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार नतिजा सार्वजनिक भएपछि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको आईपीओ बाँडफाँडको लागि नै बनाइएको वेवसाइट, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेभसाइट, साहस उर्जा कम्पनी लिमिटेडको वेभसाइट र मेरो शेयरको आईपीओ भरिएको एप्लिकेशन रिर्पोटमा गएर समेत हेर्न सकिन्छ ।

रिजल्ट हेर्नका लागि तल दिइएको लिंक प्रयोग गर्नुहोस्

आईपीओ रिजल्ट हेर्न चाहने लगानीकर्ताको उच्च चापले साहस उर्जाको वेभसाइट अहिले नै रिसोर्स लिमिट भनेर बन्द भइसकेको छ ।

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरु र ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर ६४ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणहरूबाट आवेदन संकलन गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ आश्विन २०७८, आइतबार  ११ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।