तेश्रो मोटरसाइक्लिङ सम्मेलन सम्पन्न, दुई दर्जन टु ह्वील टूरिङ गन्तब्य सार्वजनिक

0
Shares

नेपाल अटोमोवाइल्स एशोसिएशन ९नासा० को आयोजनामा यही अशोज १५ र १६ गते तेश्रो मोटरसाइक्लिङ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।

सेफ्टी, सस्टेनबिलिटी एण्ड टु ह्वील टूरिङ शीर्षकमा भएको यो सम्मेलनमा १५० भन्दा बढिको सहभागिता रहेको थियो। यो सम्मेलन माउन्टेन स्पोर्ट्स फेडेरेसनको संयोजन तथा फेडेरेसन इन्टरनेसनल डे मोटरसाइक्लिज्म (एफआईएम) र नेपाल पर्यटन बोर्डको सहयोग तथा प्रमोशन रहेको थियो । कार्यक्रममा सुरक्षा लुब्रिकेंटको मुख्य प्रायोजन रहेको थियो ।

नेपलमा मोटरसाइकल र स्कुटरको संख्या ३० लाख भन्दा ज्यादा रहेको, तिनको सुरक्षा र त्यसबाट हुने फाइदाको बारेमा एकीकृत धारणा बन्न नसकेको अवस्थामा सम्मेलनमा वृहत छलफल गरिएको थियो ।

नासाका महासचिव सुशिल तण्डुकारका अनुसार सम्मेलनमा मुलत मोटरसाइकल सुरक्षा, मोटरसाइकल मार्फत पर्यटन प्रवद्र्धन क्षेत्रिय इभेन्ट मार्फत टु ह्वील टुरिङ, महिला सशक्तिकरणको लागि मोटरसाइकल ,पर्यटन बोर्ड र शाहसिक पर्यटनमा सहकारी, टु ह्वील टूरिङका प्रस्तावित गन्तव्यहरु, टूरिङ मर्शलिङ, लाइसेन्सिङ व्यवस्था, हेल्मेट टेस्टिङ र गुणस्तरीय हेल्मेट, एफआईएम, नासा नेपाल र डब्ल्यूआईएमए नेपाल, मोटरसाइकल स्पोर्ट्स र नेपाल जस्ता विषयमा छलफल गरिएको थियो । साथै कार्यक्रममा नेपालका दुई दर्जन टु ह्वील टूरिङका गन्तब्य सार्वजनिक गरिएको थियो ।

सम्मेलनमा राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा माउन्टेन स्पोर्ट्स फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराई, नेपाल पर्यटन बोर्डका वरिष्ट निर्देशक हिक्मत सिंह ऐर, ट्रयाक्स एन जी ओ नयाँदिल्लीकी रजनी गान्धी, पुत्रा युनिभर्सिटी मलेसियाका डा. कुलान्थान मणि, एफआईएमका डाइरेक्टर डामिआनो जमानाले आ-आफ्नो पेपर प्रस्तुत गरेका थिए ।

त्यसैगरी, नेपाल पर्यटन बोर्डका सदस्य न्वाङ्ग निमा शेर्पा, नासा नेपालका महासचिव सुसिल तण्डुकार, सचिव सन्तोष न्यौपाने , प्रमोद श्रेष्ठ गुफी तथा विनोद तन्डुकार,विमा नेपाल र सुरक्षा लुब्रिकेंटका मार्केटिङ्ग मेनेजर अनोज भण्डारीको प्रस्तुति रहेको थियो । सो सम्मेलनमा टु ह्वील टूरिङका व्यावसायी र गाइड, पर्यटन व्यावसायी, राइडर तथा विभिन्न ट्राभल एजेन्सीका संचालकहरु तथा नासा नेपालका सदस्यहरु सहभागी रहेका थिए । सम्मेलनको पहिलो सत्रमा नेपालमै पहिलो पटक टुरिङ्ग मार्शलको तालिम तथा परीक्षा पनि लीइएको थियो ।

त्यसैगरि कार्यक्रमको अन्त्यमा स्लो बाइक रेसिंग आयोजना गरेर बिजेतालाइ सुरक्षा लुब्रिकेंटका प्रबन्द निर्देशक फुर्पा लामाबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।