फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला

0
Shares

फोर्ड नेपालले सशक्त २०२२ संस्करणको फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला गरेको छ । फोर्ड नेपालले प्रिमियम एसयूभी सेग्मेन्टमा उद्देश्यमा आधारित क्षमताहरु भएकोे फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला गरेको छ ।

फोर्ड नेपालले आफ्नो अन्तर्राष्ट्रिय बजारबाट २१३ पीएस पावर र ५०० एनएम टर्क प्रदान गर्ने नयाँ गाडी न्यू एभरेष्ट २.० लि. वाई –टर्बो को नेपाली बजारमा बुकिङ्ग खुल्ला गरेको घोषणा गरेको छ ।

यसले संसारकै पहिलो १० स्पीड अटोमेटिक ट्रान्समिसन र सेलेक्टसिफ्ट सहित जसले सजिलै गति लिन मद्दत गर्दछ र चाहिएको रेन्जमा गियर लक गर्ने लचकता पनि उपलब्ध गराउँछ । ७ वटा एयरब्यागको सुरक्षा,टेरान म्यानेजमेन्ट सिस्टमको क्षमता एडप्टिभ क्रुज कन्ट्रोलको सहजता, आन्टिपिन्च सेन्सर भएको ह्यान्ड्स फ्री पावर लिफ्ट गेट, ८ इन्च टचस्क्रिन सहितकोे एड्भान्स एसवाईएनसी ०३ इन्फोटेन्मेन्ट सिस्टम, डुअल जोन इलेक्ट्रोनिक अटोमेटिक टेक्परेचर कन्ट्रोल, फोर्ड माइकी र अन्य थुप्रै फिचरहरु छन् ।

नेपाली बजारमा फोर्ड एभरेष्टको शुरुवाती मूल्य १ करोड ९९ लाख रुपैयाँ रहेको छ । अफ–रोडका उत्कृष्ट प्रदर्शन गर्न सक्ने यस गाडीको सर्भिसिङ्ग मूल्य अत्यन्तै किफायती रहेको छ भने यसमा रहेको विषेश सुविधाहरुले नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ फोर्ड एभरेष्टले एक नयाँ वेन्चमार्क बनाउने छ ।

नेपालको लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स प्रा.लि. ले २.० लि. वाई– टर्वाे डिजेल इन्जिन र विश्वमै पहिलो १० स्पीड अटोकेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको आज घोषणा गरेको छ । फोर्ड एभरेष्ट को आधुनिक २.० लि. वाई –टर्बो डिजेल इन्जिन ले इन्धनको क्षमतामा कुनै अवरोध नगरी २१३ पीएसको पावर र ५०० एनएमसम्मको टर्क दिन्छ ।

विश्व बजार र एसिया क्षेत्रमा फोर्ड एभरेष्ट एकदमै लोकप्रिय एसयूभी हो । पहिलो पटक २००३ मा बजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो ।

परिवारसँगको यात्रा फोर्ड एभरेष्टले एकदमै आरामदायी बनाउँछ । ठूलो गाडी भए पनि एभरेष्ट चलाउन एकदमै सजिलो छ जसमा भएको लाइट स्टेरिङ्गले पाकिङ्ग गर्दा पनि सहज महसुस गराउँछ । यस बाहेक, इन्जिनमा भएको पर्याप्त टर्कको मद्दतले आवश्यक आक्सिलेरेसन पनि सजिलै बढाउन मिल्छ । यस्ता आकर्षक फिचरहरुले फोर्ड एभरेष्ट गाडीलाई ड्राइभिङ्ग गतिशीलतामा विषेश बनाउँछ ।

जि.ओ. अटोमोवाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा भन्छन्, “ फोर्ड एभरेष्ट को साथ हामी प्रयोगकर्ताहरुलाई उत्कृष्ट क्षमता र क्लास लिडिङ्ग फीचर्स दुबैको उत्कृष्ट संगम भएको आकर्षक एसयूभी उपलब्ध गराउँदै छौं । एभरेष्ट मा भएको इनह्यान्स भ्यालु प्रोपोजिसन का कारण यो एसयूभी गाडी नयाँ ग्राहकहरुको पहिलो रोजाइ बन्नेछ भन्नेमा हामीलाई पूर्ण विश्वास छ ।”

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।