नयाँ जीवन बीमा कम्पनीहरुले बाँड्न थाले लाभांश, रिलायन्स लाइफ पहिलो

0
Shares

सञ्चालनमा आएको तीन आर्थिक वर्षपछि नयाँ जीवन बीमा कम्पनीले लाभांश वितरण गर्न थालेका छन् ।

रिलायन्स लाइफ दश नयाँ जीवन बीमा कम्पनीहरुमध्ये लगानीकर्तालाई लाभांश लाभांश घोषणा गर्ने पहिलो नयाँ जीवन बीमा कम्पनी बनेको छ ।

दश नयाँ जीवन बीमा कम्पनीमध्ये पाँच कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेका छन् भने ६ कम्पनीको शेयर जारी हुनै बाँकी रहेको छ । नेप्सेमा रिलायन्स लाइफ, प्रभु लाइफ इन्सयोरेन्स, सानिमा लाइफ, युनियन लाइफर ज्योति लाइफले सर्वसाधारणमा शेयर जारी गरिसेकका छन् भने सिटिजन्स लाइफ, महालक्ष्मी लाइफ, सन नेपाल लाइफ, रिलायबल लाइफ र आइएमई लाइफले भने सर्वसाधारणमा शेयर बिक्री गर्न अझै बाँकी रहेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको सोमबा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीकोे ५.२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले ५ प्रतिशतले हुन आउने १० करोड ५० लाख नगद लाभांश र ०.२६३२ प्रतिशतले हुन आउने ५५ लाख २७ हजार २ सय कर प्रयोजनको लागि सो रकम वितरण गर्ने भएको हो ।

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।