
सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले बढाएर लाभांश घोषणा गरेको छ ।
बैंकको असोज २० गते मंगलबार बसेको सञ्चालक समितिको २७७ औं बैठकले आर्थिक वर्ष २०७७÷२०७८ को मुनाफाबाट चुक्ता पूँजीको १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश अनुसार बैंकले चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने २७ करोड ३६ लाख ९७ हजार २४२ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ४४ लाख ५ हजार ११८ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्नेछ ।
अघिल्लो आव २०७६/७७ बाट बैंकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५६ प्रतिशत मात्र लाभांश वितरण गरेको थियो ।
बैंकले प्रस्ताव गरेको गत आवको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी १७ औँ साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया