प्रि-ओपन सेसन अपडेटः नेप्सेमा २ अंकको सुधार

0
Shares

साताको अन्तिम कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से २.११ अंक बढेको छ ।

बुधबार प्रि ओपन सेसनमा नेप्से २.११ अंक बढेर २६१४.७४ बिन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ इण्डेक्स ०.६७ अंक बढेको छ।

प्रि-ओपन सेसनमा २० कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये १४ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर छ । यस अवधिमा २० कम्पनीका ३ हजार ९९४ कित्ता शेयर ३८ लाख ५० हजार १५३ रुपैयाँमा खरीद बिक्री भएको छ ।

मंगलबार नेप्से ४१.८४ अंक बढेर २६१२.६५ बिन्दुमा कारोबार बन्द भएको थियो ।

बिहीबार घटस्थापनाको सार्वजनिक विदा परेकाले यो साता आजमात्र शेयर कारोबार हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० आश्विन २०७८, बुधबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।