“आजीवन डिम्याट खाता” मा दशैं अफर, २१०० रुपैयाँ तिरेपछि जीवनभर नवीकरण गर्ने झण्झटबाट मुक्त

0
Shares

मर्चेन्ट बैंकिङ्गमा अग्रणी कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले बडा दशैं २०७८ का लागि “आजिवन डिम्याट खाता” अफर सार्वजनिक गरेको छ ।

जस अन्तर्गत नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा लगानीकर्ताले डिम्याट खाता खोल्दाको बखत एकै पटक २ हजार १०० रुपैयाँ भुक्तानी गरी जीवनभर नवीकरण गर्ने झन्झटबाट मुक्त हुनेछन् ।

नेपाल मै पहिलो पटक २०७७ पुस २६ गतेदेखि लागू हुने गरी ३ हजार रुपैयाँ शुल्कमा आजिवन डिम्याट खाताको योजना सञ्चालनमा ल्याएको थियो । तर बडा दशैं २०७८ को शुभकामना सहित नबिल इन्भेष्टले नवरात्रीको ९ दिन अर्थात् असोज २१ देखि २९ गतेका दिनसम्म यस्तो खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि कम्पनीले ९०० छुट सहित जम्मा २ हजार १०० रुपैयाँमै उक्त सुविधा ल्याएको हो ।

यस्तो शाखा खुला गर्ने ग्राहकले एकमुष्ट २ हजार १०० रुपेयाँ भुक्तानी गरेपछि जीवनभर नवीकरणको झन्झटबाट मुक्त हुनेछन् । यस्तो सुविधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नवीकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्ने जनाइएको छ । साथै आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको जततउकस्ररयलष्लिभमझबत।लबदष्ष्लिखभकत।अयm।लउर मा गई खोल्न सकिने छ भने नवीकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि जततउकस्ररयलष्लिभमझबत।लबदष्ष्लिखभकत।अयm।लउरएबथmभलतरम्झबतच्भलभध मा गई अनलाईनबाट नै भुक्तानी गर्न सकिनेछ ।

नेपालमा रहेको विद्यमान व्यवस्था अनुसार शेयर बजारमा प्रवेश गरी लगानी गर्न चाहने लगानीकर्ताहरुले आफ्नो हितग्राही खाता खोलेपछि प्रत्येक वर्ष आफ्नो हितग्राही खाता (डिम्याट खाता) तथा मेरो शेयरको खाता नवीकरण गराउनुपर्ने व्यवस्था छ । यसबाट लगानीकर्ताहरुलाई सम्बन्धित कम्पनीमा गई वा सम्बन्धित कम्पनीले तोकेको अनलाईन पोर्टलहरुबाट नवीकरण हुँदै आएको छ ।

यो व्यवस्थाले कतिपय लगानीकर्ताहरु आफ्नो खाता रहेको विभिन्न संस्थाहरुमा धाउनुपर्ने कारणले विद्यमान कोभिड १९ को जोखिमका कारणले आफ्नो डिम्याट खाता नवीकरण गराउन असमर्थ भएका छन् । यसलाई मध्यनजर गर्दै यस कम्पनीले आफ्ना कायम हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावालाई यस्तो झन्झटबाट मुक्त गराउने उद्द्ेश्यले आजीवन डिम्याट खाता योजनामा ल्याएको हो ।

कम्पनीले प्रदान गरेको यो सुविधाबाट डिम्याट खाता खोली विदेशमा रहनु भएका डिम्याट खातावालाहरु तथा विभिन्न कारणले आफ्नो डिम्याट खाता नवीकरण गर्न असमर्थ हुनुभएका लगानीकर्ताहरुले एकै पटक एक मुष्ट रकम जम्मा गरी जीवन भरको लागि खाता नबिकरणको झन्झटबाट मुक्त भै फाईदा लिने विश्वास कम्पनीको छ ।

लगानीकर्ताहरु र उद्यमीहरुको हितलाई ध्यानमा राखी राष्ट्र कै अग्रगामी तथा प्रगतिशिल इन्भेष्टमेण्ट बैंकिङ्ग सुविधाहरु नबिल इन्भेष्टले पछिल्ला दिनहरुमा सञ्चालनमा ल्याउँदै आएको छ । जसमा लगानी तथा प्राईभेट ईक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्ताहरुलाई जोड्ने र सहज र छिटो बैक कर्जा उपलब्ध गराउने उपाय सहित एकै छाना मुनि पुरै सबै आर्थिक तथा वित्तीय समाधानहरु पर्दछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० आश्विन २०७८, बुधबार  १८ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।