एचआईडिसिएलको अक्सन शेयरको बोलपत्र शुक्रबार खुला गरिने

0
Shares

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को अक्सन अर्थात लिलाम बढाबढको शिलबन्दी बोलपत्र शुक्रबार बिहान खुला गरिने भएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल काठमाण्डौंमा असोज २२ गते शुक्रबार बिहान ८ बजेदेखि बोलपत्र खुला गरिने क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले यसअघि जारी गरेको एक बराबर अनुपातको हकप्रदमा अवितरित ३२ लाख २९ हजार ७२४ कित्ता साधारण शेयर र ३ करोड ३० लाख कित्ता संस्थापक गरी ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर असोज ७ गतेदेखि असोज १४ गतेसम्म लिलाममा ल्याएको थियो ।
शेयर खरिदका लागि इच्छुक व्यक्ति, संस्था वा कम्पनीले न्यूनतम मूल्य १०० रुपैयाँ वो सोभन्दा बढी मुल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

साधारण शेयरका लागि न्यूनतम १०० कित्ता र संस्थापक समूहको शेयरका लागि कम्पनीको नियमावलीको नियम १० मा रहेको व्यवस्था अनुसार न्यूनतम १ करोड कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्ने व्यवस्था थियो ।

सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकी रहेको खण्डमा दोस्रो बढी मूल्य बोलकबोल गर्नेले शेयर पाउनेछन् । लिलामीमा आएको शेयर नसकिँदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुनेछ ।

एचआईडिसीएलले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म चुक्ता पूँजी ११ अर्बको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। जसमा साउन ५ गतेदेखि भदौ ८ गतेसम्म आवेदन दिन सकिने थियो । कम्पनीले अवितरित शेयर लिलाम बढाबढमा बिक्री गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २० आश्विन २०७८, बुधबार  १८ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।