स्वावलम्बन लघुवित्तले बढाएर प्रस्ताव गर्यो लाभांश

0
Shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको असोज २१ गते, बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत तथा लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

अघिल्लो आवबाट लघुवित्तले १९.००५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । गत आवमा अघिल्लो आवको तुलनामा पाँच प्रतिशत धेरै प्रस्ताव गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ आश्विन २०७८, शुक्रबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।