एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले सोमबारदेखि चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ ।
बैंकले निष्काशन गर्ने उक्त हकप्रदमा भदौ ३१ गते बिहीबारसम्म नेप्सेमा शेयर खरीद गरी शेयरधनी कायम भएका लगानीकर्ताले मात्र आवेदन दिन सक्नेछन् ।
हकप्रद निष्काशनका लागि बैंकले असोज १ गते एक दिन बुकक्लोज गरेको थियो ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २४ करोड ३३ लाख ३६ हजार ३६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर बिक्री गर्न लागेको हो ।
बैंकको हकप्रदमा कार्तिक १४ गतेसम्म आवेदन दिन सकिन्छ । हकप्रदमा मेरो शेयर सफ्टवेयरको मोबाइएल एप, वेवसाइट तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मार्फत पनि हकप्रदमा आवेदन दिन सकिनेछ ।
गत असार १४ गते सम्पन्न चौधांै वार्षिक साधारण सभाले शेयरधनीहरुलाई १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।
बैंकले सो हकप्रद पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट साउन ३१ गते आइतबार बिक्रीका लागि अनुमति पाएको थियो ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकको हकप्रदलाई ‘इक्रा एनपी आइआर त्रिपल बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।
बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।
हाल बैंकको चुक्ता पूँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि बैंकको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया