रैराङ हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको १२.६० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ ।

हाइड्रोपावर कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कार्तिक ४ गते बिहीबार बुकक्लोज मिति तोकेको छ ।

यसअनुसार बुकक्लोजको अघिल्लो दिन अर्थात कार्तिक ३ गते बुधबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र असोज २४ गते आइतबार बसेको सञ्चालक समितीको निर्णयबाट प्रस्तावित लाभांश पाउनेछन् ।

असोज २४ गतेको बैठकले लाभांश सहितका अन्य प्रस्ताव पारित गर्न कार्तिक १७ गते बुधबार १८ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । हाइड्रोपावरको केन्द्रीय कार्यालय थापाथलीबाट बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सभा सञ्चालन हुने जनाइएको छ ।

साथै विगतका साधारण सभाहरुबाट निर्णय गरे अनुरुप यस हाइड्रोपावरलाई रिडी हाइड्रोपावरसँग विलिन हुने लगायतका प्रस्तावहरु पारित गरिने एजेण्डा छ । सभामा सभामा आव २०७८÷७९ का लागि बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३ कार्तिक २०७८, बुधबार  ०८ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।