सिभिल बैंकलाई ३ अर्बको ऋणपत्र जारी गर्न बोर्डको अनुमति

0
Shares

सिभिल बैंक (CBL) ले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बोर्डले बैंकलाई एक हजार रुपैयाँ अंकित दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न असोज २४ गते अनुमति दिएको हो ।

बैंकले स्वीकृति पाएको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि जारी हुनेछ भने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

बैंकले निष्काशन गर्ने दश वर्ष अवधिको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बित्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।