कृषि विकास बैंक (ADBL) ले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ ।
बैंकले ८ वर्ष अवधिको ६ अर्ब र ९ वर्ष अवधिको ३ अर्ब ४२ करोड ६९ लाख ७५ हजार रकम बराबरको “कृषि ऋणपत्र” को लागि डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको हो ।
बैंकले कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरिएको हो ।
उक्त सम्झौतामा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत प्रेम कुमार श्रेष्ठ र बरिष्ट शाखा प्रमुख उमेश पंजियार तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत, श्री मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले मिति २०७८ असोज २० गते हस्ताक्षर गरेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया