कुमारी बैंकको लाभांश पाउन आजसम्म बन्नुपर्छ शेयरधनी

0
Shares

कुमारी बैंक (KBL) को लाभांश पाउन आजसम्म शेयरधनी भैसकेको हुनुपर्छ ।

बैंकले कात्तिक १६ गते डोकेको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक ८ गते सोमबार एकदिनका लागि शेयर दाखिल खारेजी (बुक क्लोज) गर्ने मिति तोकेको छ ।

यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात कात्तिक ७ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई बैंकको शेयरधनी दर्ता किताबमा कायम शेयरधनीधरुले मात्रै बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंक सञ्चालक समितिको असोज २५ गते सम्पन्न बैठकले कात्तिक १६ गते मंगलबार २१ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ ।
सभा बैंकको केन्द्रीय कार्यालय नक्सालमा बिहान साढे ११ बजे भर्चुअल माध्यमबाट बोलाइएको छ । सभामा भाग लिने शेयरधनीका लागि जुम मिटिङ आइडि र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट ६ प्रतिशत बोनस र कर प्रयोजनका समेत २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश साधारण सभाबाट पारित गरिने एजेडा छ । यस्तै बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, कम्पनी ऐनले निर्धारण गरेभन्दा संस्थागत सामाजिक उत्तरदायित्व वापत बढी खर्च भएको अनुमोदन गर्ने प्रस्ताव साधारण सभामा रहेको छ ।

बैंकले साधारण सभाबाट कुमारी बैंक र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा मर्जर गर्न वा प्राप्ती गर्ने सम्बन्धी कार्य गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति र सो समितिले गरेको कार्य अनुमोदन गर्न, डिडिए गर्न मूल्याङ्कनकर्ता नियुक्त गर्ने लगायतका कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव साधारण सभामा पेश हुँदैछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।