सिद्धार्थ सिस्टमेटिक लगानी योजना को इकाई कात्तिक ७ गते (आज) देखि कारोबार सुरु हुने भएको छ ।
योजना व्यवस्थक सिद्धार्थ क्यापिटलका अनुसार योजनाका इकाईहरु सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल मार्फत खरीद बिक्री गर्न सकिनेछ ।
आइतबारदेखि बिहीबारसम्म १० बजेदेखि ३ बजेसम्म कारोबारका लागि काउण्टर खुला हुनेछ ।
सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना हो । यसको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने प्रवद्र्धक सिद्धार्थ बैंक रहेको छ ।
शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिन योजना का इकाईहरु खरिदबिक्री बन्द हुने सूचनामा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया