
पहिलो कुरा कागजपत्र यताउताा गरेन भने पनि लघुवित्तको खराब कर्जा अनुपात २० प्रतिशत पुग्छ । राष्ट्र बैंकको नीतिका कारण नै अहिले २ प्रतिशतमा सीमित रहेको छ । मैले बुझेको कुरा चाँही के हो भने हामीले पहिला सर्कुलर के जारी गरेको थियौं भने असल कर्जामा पनि १.३० प्रतिशतले प्रोभिजनिङ्ग राख्नुपर्छ भनेका थियौं । त्यो बेला यो ठूलो इस्यू जस्तो भएको थियो । आज त्यो सहि थियो भन्ने प्रमाणित भएको छ । यसलाई मैले राम्रो रुपमा लिएको छु ।
दोस्रो कुरा लघुवित्तहरुको ३६६ अर्बको लोनमा २०० अर्ब बढी बैंकबाट सापटी लिएका छौं । १३० अर्बको डिपोजिट छ । सापटी, निक्षेप र यताउताको कोषहरु जोडेर तपाइहरुले ३६५ अर्बको लगानी गरेको देखिन्छ । वाणिज्य बैंकहरुबाट सापटी कम हुँदा कस्ट बढी भयो भने त्यसको असर नाफामा प्रतक्ष्य रुपमा पर्न जान्छ ।
हामीले सर्कुलर नै जारी गरेर २० प्रतिशतभन्दा धेरै लाभांश दिने लघुवित्तले त्यसको ५० प्रतिशत जनरल रिर्जव राख्नुपर्ने व्यवस्था गरेका छाैं । त्यो गर्नुको अर्थ चाँही के हो भने लघुवित्तहरुको प्रोफिट्याब्लिटी चाँही राम्रै छ भन्ने भन्ने हाम्रो बुझाई छ । अहिले एजिएम रिलिजहरु आइरहेका छन्, त्यसमा जुन किसिमको वित्तीय फाइनान्सियलहरु हेरिरहेका छौं । त्यसमा धेरै असन्तोष गर्नुपर्ने, अप्ठेरोमा पर्नुपर्ने हामीले देखेका छैनौं । यद्यपी धेरै मागपत्रहरु आएका छन् यसमा हामी छलफल गर्ने नै छौं ।
एउटा कुराचाँही माइक्रोफाइनान्स भर्सेस हाइड्रोपावर । यो कसरी कहाँबाट ल्यायो भन्नुहोला, हाइड्रोपावरको पीपीएमा फ्लेक्जिबल हुन्छ, माइक्रोफाइनान्सको १५ प्रतिशत फिक्स्ड छ । लघुवित्तीय संस्थाले प्रदान गर्ने ब्याजदर १५ प्रतिशतको क्याप हटाउनुपर्छ भन्ने कुराहरु आएका छन् यो छलफलको विषय छ । तपाईहरुको कस्टिङ १५ रुपैयाँभन्दा माथि गयो भने अलग कुरा छ । नेपाली बैंकिङ मार्केटमा शेखी झार्ने र अतालिने प्रवृत्ति अलि बढी छ । तपाईहरुलाई जानकारी होस् २०७८ असार मसान्तमा बैंकरहरुले हामीलाई बेसेरेट भन्दा कममा कर्जा दिन पाउनुपर्यो भन्ने मागमा आएको थियो । देवकुमार ढकाल र म दुई घण्टा बसेर छलफल गरेर ए हुँदैन भन्दा पनि हामीले दिन पाउनुपर्यो भनेर बैंकरहरूले लबिङ गरे । ९५ दिनको अवधिमा ब्याजदरको विषयमा हिजो अस्ति नै एक किसिमको सर्कुलर जारी गर्नुपर्यो ।
जस्ताे कि प्लेनमा सानोतिनो समस्या आउने वित्तीकै पाइलटले सिटबेल्ट बाध्नुस् भन्नेवित्तिकै प्लेन दुर्घटनामा पर्न लाग्यो, झ्याल खोल म हामफाल्छु भनेर बैंकरले भन्ने होइन । एउटा कुराचाँही याद गर्नुपर्ने भयो । पेटी बाँधेपछि एकछिन त बसौं, एकछिन भगवान के के जप्ने हो सोच्नुहोस्, त्यसपछि ल्यान्ड गर्छ। यहाँ त के आयो भने ढुंगाले हानेर झ्यालै खोलेर हाम्फाल्ने स्थिति आयो । त्यसपछि ३ गतेराति ९ बजे सर्कुलर जारी गर्याैं । उड्दा उड्दै प्लेनबाट हामफाल्न लाग्यो भने डार्ट (टाउकोमा विस्तारै तर बेहोस हुनेगरी हिर्काउने) गर्नुपर्ने स्थिति आयो ।
बैंकरहरु ब्याजदरको हकमा साह्रै मियोपिक अर्थात सर्ट साइटेडनेस अर्थात् यहाँमात्र हेर्ने उता परतिरको मान्छेलाई देख्दै नदेख्ने । एक महिनाको मात्र म व्यवस्था गर्छु बाँकी महिनामा देखा जायगा भन्ने खालको स्थितिले यो फ्ल्कच्यूयसन आएको हुनाले यसो गर्नुपर्यो । त्यो भए हाइपर मेटेरोपिया कसरी बनाउने त भन्दा हामीले १० प्रतिशतभन्दा बढी ब्याजदर बढाउन नपाउने व्यवस्था गर्यौं । अहिले पाँच प्रतिशत छ भने साढे ५ प्रतिशत भयो । साढे ५ भए ६.०५ प्रतिशत र त्यहाँदेखि बढ्दै बढ्दै गयो भने सहज हुन्छ । ६ प्रतिशतको बचतको ब्याज घटेर डेढ प्रतिशतमा आउनलाई एक महिना पनि लाग्दैन । एक महिनामा डेढ प्रतिशतबाट बढेर साढे ८ प्रतिशत पुग्न अरु दुई महिना पनि लाग्दैन भने हामीले हेर्छौं नी ! इसिजी गर्दा खेरी ग्राफ अन्त्यन्त तलमाथि भयो भने आईसीयूमा राख्नुपर्ने हुन्छ । त्यो स्थिति आउन नदिन २ प्रतिशत र ५ प्रतिशत सीमाको इसिजी ग्राफ छ । यसबाट व्यवस्थित भएर ब्याजदर तलमाथि गरोस् भनेर हामीले यो सर्कुलर जारी गरेका हौं ।
पब्लिक पोलिसी जारी गर्दाखेरी एक व्यक्ति र अर्कोबीच केही न केही डिस्ट्यान्स बन्छ-बन्छ, त्यसलाई कम गर्न पोलिसी मेकरले कसरी सञ्चालन गर्छ भन्ने हेर्ने हो । हामीले जारी गरेको स्पेसिफिक सर्कुलरबाट ब्याजदरको स्थायित्व रहने अर्थात खासगरी पाँच सात महिनासम्म एकदमै जम्पिङ सिचुएसन नआओस् भनेर गरिएको हो ।
व्यवसायीहरु, बैंक तथा वित्तीय संस्थाहरु, सबैलाई के अनुरोध गर्न चाहन्छु भने हामी सबै एउटै जहाजमा बसेका छौं । क्रुजभित्र म चाँही मेरो कोठामा बसेँ, जे पनि गर्छु भन्यो भने अर्कोतिर प्वाल पारेर त्यहाँ छिर्यो भने त्यो कोठा पनि डुब्छ । यो कुरा हामी सबैले बुझ्नुपर्ने देखिन्छ । एक आपसमा मिलेर जाऔं, व्यवसाय गर्ने हो । इन्ट्रेष्ट रेटलाई धेरै तल वा धेरै माथि गर्दाखेरी डिपोजिटरको पनि कुरा आउँछ । हिजो मात्र निक्षेपको ब्याजदर बढेको छ । बजारभन्दा बाहिर पनि जानसक्ने स्थिति हुनसक्छ भनेर हामी ख्याल गर्छौं । बजारले कस्तो कुरा नबुझोस् भने हामीहरु केही पनि थाहा पाउँदैनौं, अथवा यसै सर्कुलर जारी गछौं भन्ने कुरा नबुझियोस् ।
हामीले सुक्ष्म रुपले हेरिरहेका हुन्छौंं । प्रत्येक बैंकरको, बैंक तथा वित्तीय संस्थाबाट लोन लिने (४७ लाख) ग्राहकको गतिविधि हेरेका हुन्छौं, चिनेका हुन्छौं । कस्तो ट्रेण्डमा गइरहेको हुन्छ हामी थाहा पाउँछौं । जसरी एउटा डक्टरले आफ्नो प्यासेन्टलाई दश पन्ध्र बीसौं पटक चेक गरेपछि आउने वित्तिकै यो के भन्न आयो भने थाहा पाउँछ । त्यसरी नै तपाइहरुले बुझ्नुहोला हामी ३० वर्षदेखि बैंकिङ गरिरहेका छौं । कमर्सियल बैंकदेखि नेपाल राष्ट्र बैंकमा मैले काम गरेको छु । जस्ता सर्कुलर आइरहेका छन्, जसरी हामी हेरिरहेका छौं, बजारले त्यसलाई पोजेटिभ्ल्ली बुझिदियोस् भन्ने मेरो अनुरोध हो ।
रह्यो कुरो, ब्याज बढ्यो । ब्याज बढ्दा व्यापारी साथिहरुदेखि संसारको गुनासो रहेको छ । हामीले २०७० सालदेखिको ब्याजको तथ्यांक हेरिरहेका छौं । तपाइहरुले हेर्नुहोला हामी तथ्याङ्कमा पनि देखाउन सक्छौं । पोहोरको तथ्यालाई चेञ्ज गर्न सक्दैनौं हामी, आजको दिनमा पनि ८.५९ प्रतिशतको लेन्डिङ एभरेज रेट छ । त्यतिखेर ११.४५ प्रतिशतसम्मको एभरेज रेटबाट आज यहाँ आएका छौं । बेसरेट पनि ६.९३ प्रतिशत छ । कहिले पनि ब्याजदर बढ्दैन अथवा कहिले पनि घट्दैन भन्ने हुँदैन । यी सबै कुरालाई मध्यनजर गर्दै हामीले बुझ्नुपर्ने कुरा के छ भने व्यवसायिक जगतमा तल-माथि उतार-चढाव भन्ने कुरा हुन्छ । यो कुरा मैले किन राखेको हुँ भने धेरै किसिमका कन्फ्यूजन बजारमा आएका छन् । ‘राष्ट्र बैंकले के हेर्यो ?’, की ‘राष्ट्र बैंक चुप लागेर बस्यो ?’ अर्को राष्ट्र बैंकले हस्तक्षेप गरोस्, त्यो खालको समाचार आइरहेका हुन्छन् । मैले सुरुमै के भनेँ भने आत्तिने काम गर्नुहुँदैन ।
२०७७ असार मसान्तमा २३० अर्ब रुपैयाँ अधिक तरलता रहेको स्थीति थियो । अहिले २१–२२ अर्ब तथा बढीमा ४० अर्ब रुपैयाँ अधिक तरलता देखिरहेका छौं । डराउनुपर्ने अवस्था छैन । ७०० अर्बको बैंक तथा वित्तीय संस्थाले बोन्ड बोकेर बसेका छन् । हरेक बैंकले २० प्रतिशत नेट लिक्वीडिटी बोकर बसेका छन् । अघि साथीहरुले ‘लिक्विडिटी क्रन्च’ भयो भन्नुभयो । म अचम्मित भैरहेको छु । ‘लिक्विडिटी क्रन्च’ भनेको आईसीयू भनेजस्तो हो । ओपीडीसम्म भन्नुहोस् न । त्यो ओडिङ प्रयोग गर्रौं भने बजारमा अप्ठेरो पर्न जान्छ । ‘लिक्विडिटी क्रन्च’ शब्द हामीले प्रयोग गर्यौं भने हामी एकदमै दुःखमा, अप्ठेरोमा छौं, भन्नुपर्ने स्थिति आउँछ । त्यो छैन । आजको अवस्थामा यो मार्केटमा अन्त्यन्त ‘प्यानिक’ हुनुपर्ने अवस्था छ भन्न भन्नुपर्ने अवस्था छैन ।
ब्याज बढ्यो, कति प्रतिशत बढ्यो, बेसरेट कहाँ छ त ? हामीले बेसरेटमा प्रिमियम त थप्नै पाइँदैन भनेका छौं । यदि त्यस्तो छ भने गुनासोमा हामीलाई भन्नुहोस्, हामीहरुले १,२ दिनभित्रमा रेस्पोन्स गर्छौं भनेका छौं । बजारमा एकदमै यस्ता कुराहरु आइरहेका छन् कि स्थिति एकदमै नाजुक छ । त्यो भनेको आईसीयूमा रहेको अवस्था हैन भन्न यो भनाई राखेका हुँ ।
(नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रले नेपाल लघुवित्त बैंकर्स संघको १५ औं वार्षिक साधारण सभामा व्यक्त गरेको शुभकामना मन्तव्यको सम्पादित अंश)
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया