काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७५० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३८१.७६ अमेरिकी डलर र चाँदी ६६.३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया