सुनचाँदीको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ हजार ५०० रुपैयाँले र चाँदी तोलामा १०० रुपैयाँले बढेको हो ।

मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ४ हजार ७९० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँ कायम भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४३७.०५ अमेरिकी डलर र चाँदी ६७.०४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।