कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १८.५० प्रतिशत बोनस शेयर र ०.९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी कात्तिक २३ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान १० बजे पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठमा हुने कम्पनीले जानकारी गराएको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक १० गते बुक क्लोज गर्ने भएसँगै कात्तिक ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।