सूर्या लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक, मुल नारा “सर्वे भवन्तु सुखिनः”

0
Shares

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धता र सुदृढ पहिचान कायम गर्ने उद्धेश्यले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो मुल नारा “सर्वे भवन्तु सुखिनः” रहने ब्यहोरा ब्यक्त गरेको छ ।

उक्त नयाँ लोगो कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा बिज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खडकाले संयुक्तरुपमा अनावरण गरेका हुन् ।

कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले नयाँ लोगो सार्वजनिक भए संगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापुर्वक अगाडि बढ्ने विश्वास ब्यक्त गरे । त्यसै गरी कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बीमित/सेवाग्राहीहरुलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट तथा छिटो छरितो रुपमा उपलब्ध गराउन संचालक समितिबाट ब्यवस्थापनलाई पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

त्यसैगरी कम्पनीका संचालक विवेक झाले उक्त कार्यक्रममा बीमाको महत्व र नयाँ लोगोको आवश्यकताको वारेमा प्रकाश पारे । उनले जीवन बीमाका चार आधारहरु बीमित, अभिकर्ता, कर्मचारी तथा लगानीकर्ता हुन्छन, यि मध्ये प्रमुख दुई पिल्लर अभिकर्ता तथा कर्मचारी जसले बीमित तथा कम्पनीको बिच एउटा मजबुत पुलको काम गरेका हुन्छन् भन्नु हुँदै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले अब आफ्नो छुट्टै पहिचान कायम गरी देशमा अब्बल कम्पनीको रुपमा स्थापित हुने यात्राको सुरुवात यस नयाँ लोगोको नारा ‘सर्वे भवन्तु सुखिनः’ अर्थात ‘सबै सुखि हुन्’ का साथ सुभारम्भ गरेको कुरा ब्यक्त गरे।

दुई दिन सम्म संचालित उक्त कार्यक्रममा कम्पनीबाट समय समयमा जारि भएका बिभिन्न बीमा योजनाहरु बीमा बजारमा लगि कम्पनीको ब्यवसाय विस्तारमा पु¥याएको योगदानको उच्च कदर गर्दै आ.ब. २०७७/०७८ का उत्कृष्ट अभिकर्ता तथा एजेन्सी मैनेजरहरुका साथै कम्पनीको लक्ष्य प्राप्तिका लागि अहोरात्र खटिई उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा शाखा कार्यालयहरुलाई बिभिन्न बिधामा अवार्ड प्रदान गरिएको थियो ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।