तेह्र वाणिज्य बैंकको औषत लाभांश साढे पन्ध्र प्रतिशत

0
Shares

गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेका १३ वाणिज्य बैंकको औषत लाभांश १५.५७ प्रतिशत देखिएको छ ।

हालसम्म नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकमध्ये १३ ले लाभांश घोषणा गरेका छन् । जसमा बोनस शेयर औषतमा १२.९६ प्रतिशत र २.६१ प्रतिशत औषत नगद लाभांश प्रस्ताव गरिएको हो ।

हालसम्म प्रस्तावित लाभांशमा हिमालयन बैंकले सबैभन्दा धेरै २६ प्रतिशत लाभांश घोषणा गरेको छ भने कुमारी बैंकले सबैभन्दा कम ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सिटिजन्स, कुमारी र माछापुच्छ्रे बैंकले साधारण सभा समेत आह्वान गरेर लाभांशको बुकक्लोज समेत गरिसकेका छन् । दश वाणिज्य बैंकको बुकक्लोज र साधारण सभाको मिति तोक्न बाँकी छ ।

अब प्रभु, प्राइम कमर्सियल, मेगा, एनएमबि, नबिल बैंक, कृषि विकास, लक्ष्मी, एनसीसी, एभरेष्ट, नेपाल एसबिआई, सनराइज, सेञ्चुरी र सिभिल बैंकले लाभांश प्रस्ताव गर्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।