
गणपति लघुवित्त वित्तीय संस्था (GMFBS) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तको बुधबार बसेको सञ्चालक समितिको ८७ औं बैठकले चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
अघिल्लो आव २०७६/७७ बाट कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोवजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । लघुवित्तका शेयरधनीले अघिल्लो आवभन्दा ४ बोनस धेरै पाउने भएका छन् ।
लघुवित्त सञ्चालक समितिले प्रस्ताव गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया