गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले आव २०७५/७६ बाट शेयरधनीलाई वितरण गर्ने बोनस प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको कार्तिक ११ गते सम्पन्न १७७ औं बैठकले चुक्ता पूँजी १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० रुपैयाँको ५.५० प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बिहीबार सम्पन्न बैठकले मंसिर १० गते एघारौं वार्षिक वार्षिक साधारण सभा आह्वान गर्दै बुकक्लोज मिति समेत तोकेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कार्तिक २३ गते मंगलबारदेखि शेयर दाखिल खारेजी (बुकक्लोज) गर्नेछ ।
यसअनुसार कार्तिक २२ गते सोमबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र आव २०७५/७६ बाट प्रस्तावित लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीको प्रधान कार्यालय राज भवन तिनकुने काठमाण्डौंमा मंसिर १० गते शुक्रबार बिहान ११ बजे सभा बोलाइएको छ ।
प्रस्तावित १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ८ करोड ७२ लाख ५० हजार रुपैयाँ पुग्नेछ। सभामा सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि रहेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया