प्राइम कमर्सियल बैंक (PCBL) ले आफ्नो स्वामित्वमा रहेको नेरुडे लघुवित्तको संस्थापक शेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले कात्तिक २३ गतेदेखि लघुवित्तको १ लाख १३ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गर्ने जनाएको छ ।
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले मंसिर १ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
लिलमीमा उक्त शेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको छ । इच्छुक आवेदकले तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
शिलबन्दी बोलपत्र मंसिर २ गते अपरान्ह ४ बजे सानिमा क्यापिटल लिमिटेड, पुतलीसडक, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले जानकारी गराएको छ ।
शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया