
एभरेष्ट बैंक लिमिटेड (EBL) ले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकको शुक्रबार बिहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार ६ प्रतिशत बोनस र बोनसमा लाग्ने करसमेत ४.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड ३७ लाख १७ हजार १७८ रुपैयाँ रहेको छ । प्रस्तावित चुक्ता पूँजीको ६ प्रतिशतले हुन आउने ५३ करोड ३६ लाख २३ हजार ३०० रुपैयाँ बराबरको बोनस वितरणपछि बैंकको चुक्ता पूँज्ी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०८ रुपैयाँ पुग्नेछ ।
सञ्चालक समितिको बैठकबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।
अघिल्लो आव २०७६/७७ बाट बैंकले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया