मेगा बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा

0
Shares

मेगा बैंक नेपाल लिमिटेड (MEGA) ले कपिलवस्तुको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारदेखि कारोबारको थालनी गरेको हो ।

चन्द्रौटामा शाखा मेगा बैंकको २०१ औं शाखा हो ।

बैंकले यस आर्थिक वर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।