ऊर्जा बचत गर्ने १३ कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकको साढे छ करोड अनुदान

0
Shares

 

राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत गर्ने १३ कम्पनीलाई साढे छ करोड रुपैयाँ अनुदान वितरण गरेको छ।

जर्मन सरकारबाट केएफडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘ऊर्जा बचत कार्यक्रम नेपालको अनुदान सहयोग कार्यक्रमअन्र्तगत शुक्रबार अनुदान हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

यसअनुसार बैंकले एसियन थाई फुड्स, जस्मिन हाइजिन प्रोडक्ट्स्, ताजा फुड्सलाई एक÷एक करोड रुपैयाँ, नेपाल वायर्स एण्ड केवललाई ६४ लाख ८४ हजार रुपैयाँ, पञ्चकन्या स्टिल इन्डष्ट्रिजलाई ६३ लाख ९१ हजार रुपैयाँ, पञ्चकन्या मेटल इन्जिनियरिङलाई ४४ लाख १९ हजार रुपैयाँ दिइएको हो।

यसअनुसार एसआर स्टिल इन्डष्ट्रिजलाई ४३ लाख २१ हजार रुपैयाँ, क्युमेड फर्मुलेसनलाई ३१ लाख ६१ हजार रुपैयाँ, इलाम टी प्रोड्युसरलाई २९ लाख ६९ हजार रुपैयाँ, ओहम फर्मम्युट्रीकल्स ल्याब्रोट्रिजलाई २४ लाख ९४ हजार रुपैयाँ, पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिजलाई २२ लाख ५८ हजार रुपैयाँ, हिमालयन नेचुरललाई १७ लाख ४० हजार रुपैयाँ र विजयदिप ल्याब्रोट्रिजलाई ८ लाख ४५ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको बैंकले उल्लेख गरेको छ।

मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक एक समारोहका बीच हस्तान्तरण गरिएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक रकम हस्तान्तरण गर्दै यो अनुदान रकमले व्यवसायको अन्य पक्षको पनि सुधार हुने बताउँदै हालसम्म ३० वटाभन्दा बढी उद्योगहरुलाई १६ करोड ३५ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी एफिसिएन्सी प्रोग्राम नेपाल आयोजना कार्यन्वयनको लागि परियोजना कार्यान्वयन संस्था ९पीईए०को रुपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ।

आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलव्ध गराइनेछ।

आयोजनाअन्तर्गत कुनै एक इकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम १ करोडसम्मको अनुदान रकमको सीमा कायम गरिएको छ।

समारोहमा नीप कार्यक्रमका व्यवसायजन्य स्वास्थ्य तथा सुरक्ष विज्ञ डा। दुर्गा कारणजीत, बैंकका नायब पमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु पवन रेग्मी, विमल डङ्गोल, विनयरमण पौडेल, उपप्रबन्धक होमराज भट्टराई, एडेल्फीका कन्सल्टेन्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरुलगायत कर्मचारीहरुकोे उपस्थिति रहेको थियो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।