सिभिल लघुवित्तको बोनसमा शेयरमूल्य समायोजन

0
Shares

सिभिल लघुवित्त (CLBSL) को शेयरमूल्य समायोजन भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले कात्तिक १४ गते आइतबार बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लघुवित्तको शेयरमूल्य समायोजन भएको हो ।

लघुवित्तको १९ प्रतिशत बोनस शेयर समायोजनपछि प्रतिकित्ता शेयरमूल्य १ हजार २०४ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ । बिहीबार कारोबार भएको लघुवित्तको अन्तिम कारोबार मूल्य १ हजार ४३३ रुपैयाँ १० पैसाका आधारमा नेप्सेले बोनस समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।

आइतबार समायोजन भएको मूल्यलाई आधारमा मानेर लघुवित्तको शेयर कारोबार खुल्नेछ ।

लाभांश पारितगर्न लघुवित्तले कात्तिक २८ गते, आइतबार, बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वरमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७८, आइतबार  १० : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।