मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस कति ?

0
Shares

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको कार्तिक १२ गते, शुक्रबार बसेको बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको १७.५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९२५ प्रतिशत नगद गरी कुल १८.० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार ८०३ रुपैयाँ रहेको छ । प्रस्तावित ८४ करोड ५६ लाख ३० हजार ५३ रुपैयाँ बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६ रुपैयाँ पुग्नेछ । 

अघिल्लो आव २०७६/७७ बाट बैंकले चुक्ता पूँजीको ११.२५ प्रतिशत बोनस र ४.२६ प्रतिशत नगद गरी कूल १५.५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७८, आइतबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।