सूर्या लाइफ इन्स्योरेन्सको १३.३७ प्रतिशत लाभांश प्रस्ताव

0
Shares

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सको कार्तिक १३ गते शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित उक्त लाभांश बीमा समितिको स्वीकृति तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २६ करोड २८ लाख ९४ हजार ५२२ रुपैयाँ रहेको छ । प्रस्तावित २८ करोड ७३ लाख ८७ हजार ६०० रुपैयाँ बोनस शेयर वितरण पश्चात सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार १२६ रुपैयाँ पुग्नेछ ।

अघिल्लो आव २०७५/७६ बाट कम्पनीले शेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५.५२६ प्रतिशत नगद गरी कुल १०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।